Monday, March 10, 2008

BAI EELEKTRONIC कांतिपुर!

ऋण खोजेर नेपाल फर्किंदै
शिवराज गौतम
दोहा, रामेछापका देवबहादुर कार्की र भोजपुरका बलबहादुर र्राई अहिले कतारको श्रम त्यागेर काठमाडौं फिरेका छन् । यी दुवैको कथा झन्डै मिल्दो पनि छ । रामेछाप ठोसे-३ का देवबहादुर गएको वर्षमार्च २९ मा कतार उत्रेका हुन् । करारनामामा पेन्टर भए पनि काम भने लेबरको पाए उनले । काठमाडौंको सिग्मा ओभरसिजबाट ६३ हजार रुपैंया“ खर्चेर यता आएका उनको करारनामामा मासिक तलब ७ सय ५० रियाल थियो । तर यहा“ उत्रनासाथ उनको तनखा ५ सय रियाल मासिकमा झर्‍यो । त्यसमाथि कम्पनीले प्रतिमाहिना भिसाको १ सय रियाल काट्ने र्सत जोडियो ।
त्यस्तै कथा छ-२००६ को नोवेम्भर २१ मा दिल्लीको घुमाउरो बाटो ह“ुदै सिग्मा ओभरसिजबाटै आएका पाचा-३, भोजपुरका बलबहादुर र्राईको पनि । उनी पनि १५ महिनासम्म रोजगारीको संर्घष्ा गरेर रित्तोहात यो साता घर फिरेका छन् । ६३ हजार रुपैंया“ ऋणपान गरेर यता छिरेका उनीहरू दुवैले आफ्ना गाउ“घरका साथीभाइ, आफन्तजन, सहयोगीको भरथेगबाट आफैं टिकट काटेर घर फिरेका छन् ।
कसरी घर जाने होला - आएको ऋणसम्म तिर्नै सकिएको छैन । सबैका आमा, ब्ााबा विदेश कमाउन गएको छोराछोरी घर फिर्दा, कमाएर फकर्ंदा खुसी हुन्छन् नै । 'के सोचेर आएका थियौं- के भयो - यहा“ बसेर सड्नुभन्दा आफ्नै गाउ“घरमा मेलापात, कुटो-कोदालो गरेर खानु ठीक छ
भनेर हामी फिरेका हौं,' रसिला
आ“खा पार्दै बलबहादुर र्राई भन्छन् । 'मेरो त घरमा अझ बिजोग छ । कसरी मुख देखाउने होला - साहुको ऋण नतिरी कसरी घर जाने - अब काठमाडौको कुनै सानोतिनो होटेलतिर भा“डा माझ्ने काम पाए नि गर्छर्ु देवबहादुर भन्दै थिए ।
Posted on: 2008-03-08 05:16:51

No comments: